Connect IPS
IME Life

शिखरको साताव्यापी रक्तदान कार्यक्रममा बुटवल र दाङ्गमा मात्रै २५० युनिट रगत संकलन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताव्यापी रक्तदान कार्यक्रमको आयोजना गर्दै शिखर इन्स्योेरेन्स कम्पनीले आफ्नो स्थापना दिवस मनाउदै छ । कम्पनीले स्थापना दिवसको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम संचालन गरिरहेको छ ।

गत कात्तिक २७ गते देखी सुरु भएको रक्तदान कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गत बुटवल र दाङ्गमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीको बुटवल र दाङ्गको लमहीमा भएको छुट्टाछुट्टै रक्तदान कार्यक्रममा २५० युनिट रगत संकलन भएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेशका नायव क्षेत्रिय प्रबन्धक रविकिरण केसीले जानकारी दिएका छन् । बुटवलमा भएको रक्तदान कार्यक्रममा १५० युनिट र दाङ्गमा भएको रक्तदानमा १०० युनिट गरी जम्मा २५० युनिट रगत संकलन भएको उनले बताए ।

Prabhu
Crest

रक्तदान कार्यक्रमको बुटवलमा भएको औपचारीक कार्यक्रमलाई उद्घाटन गर्दैै शिखर इन्स्यारेन्सका लुम्बिनी प्रदेश प्रमुख किरण काफ्लेले आगामी मंसिर २ गते कम्पनि स्थापनाको १८ औ बर्ष पार गरी १९ औ बर्ष प्रवेश गर्ने अवसरमा कम्पनीले राष्ट्रव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । उनले हरेक बर्ष कम्पनीले विभिन्न सामाजिक उत्तरदायीत्व अन्तर्गतका कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाउदै आउने गरेको उल्लेख गरे । कम्पनीको प्रादेशिक तथा शाखा कार्यलयहरु मार्फत सातै प्रदेशका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै भोली मंसिर १ गते बिहीबार लुम्बिनी प्रदेश अन्तर्गत नेपालगन्जमा रक्तदान कार्यक्रम गरिने जानकारी दिए ।

बुटवल र दाङ्गमा गरी छुट्टाछुट्टै स्थानमा भएको रक्तदान कार्यक्रमको अध्यक्षता निरज बिक्रम शाह र रवि किरण केसीले गरेका थिए । कार्यक्रममा सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै शिखर इन्स्योरेन्सका बुटवल शाखा प्रमुख बिक्रम कार्कीले शिखर इन्स्यारेन्सको १९ औ बर्षारम्भको अवसरमा आयोजीत कार्यक्रममा रक्तदान जस्तो महादान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङ्ग उपशाखा र नेपाल रेडक्रस सोसाइटी बुटवल रक्तसन्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS