काठमाडौं । आज नेपाली शेयर बजार उकालो लागेको छ । आज नेप्शे परिसुचक १३ दशमलव ४० अंकले बृद्धि भई १९११ दशमलव २६ को विन्दुमा कायम भएको छ । यस अवधिमा कुल ८५ करोड ९४ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज सिक्लेस हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य ३५३ रुपैयाँ कायम भएको छ ।
यसैगरी आज गणपति लघुवित्त वित्तीय संस्थाको शेयर ७ दशमलव ७१ प्रतिशतले बृद्धि भई प्रति शेयर ८०७ रुपैयाँ कायम भएको छ । साथै नारायणी डेभलपमेन्ट बैंकको शेयर ५ दशमलव ५३ ले बृद्धि भई प्रति शेयर ३७० रुपैयाँ कायम भएको छ भने रिडि पावर कम्पनीको शेयर ५ दशमलव ४४ प्रतिशले बृद्धि भई प्रति शेयर मूल्य ४८२ रुपैयाँ कायम भएको छ ।