Connect IPS
IME Life

सान्जेन जलविद्युतको आइपीओ बाँडफाँड सम्पन्न, कसले कति पाए शेयर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आइपीओे बाँडफाँड गरेको जनाएको छ । बिक्रि प्रबन्धक नागरिक लगानी कोष तथा सह बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज मंगलबार शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि प्रति शेयर १ सय रुपैयाँ अङ्कित दरको ३६ लाख ५० हजार कित्ता शेयर भदौ ५ देखि असोज ३० गतेसम्म निष्काशन गरेको थियो। उक्त आइपीओमा कुल २८ हजार ६ सय ८ जना आवेदकहरुबाट ५६ लाख ७९ हजार ८ सय ७० कित्ताको लागि आवेदन परेको थियो ।

Prabhu
Crest

अति प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं.५ (साविक चिलिमे गा.वि.स) वर्गमा कूल २,१६५ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि ५१० कित्ता माग गर्ने १,३४२ जना आवेदकहरुलाई माग बमोजिम र ५२० कित्ता देखि ७०० कित्ता माग गर्ने ८२३ जना आवेदकहरुलाई ५१० कित्ताका दरले जम्मा ९,४९,२८० कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

त्यस्तै, क्यापिटलका अनुसार प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं.४ गोल्जुङ्ग (साविक गोल्जुङ्ग गा.वि.स) वर्गमा कूल १,२६६ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि ३०० कित्ता माग गर्ने ५१८ जना आवेदकहरुलाई माग बमोजिम र ३१० कित्ता देखि ४५० कित्ता सम्म माग गर्ने २३३ जना मध्ये ३२० कित्ता सम्म माग गर्ने १ जना आवेदकलाई माग बमोजिम र सो भन्दा बढी ४५० कित्ता सम्म माग गर्ने २३२ जना आवेदकहरुलाई ३४८ कित्ताका दरले र ४६० कित्ता देखि ७०० कित्ता सम्म माग गर्ने ५१५ जना आवेदकहरुलाई ३६० कित्ताका दरले जम्मा ३,७४,९२६ कित्ता शेयर बाँडफाँड गरिएको हो ।

त्यसैगरी सामान्य प्रभावित आमाछोदीङ्गमो गाउँपालिकाका अन्य वडाहरु १,२,३ (साविक गल्ताङ्ग गा.वि.स र हाकु गा.वि.स) वर्गमा कुल ३,५८८ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि १५० कित्ता माग गर्ने २,४८३ जना आवेदकहरुलाई माग बमोजिम र १६० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ४१३ जना आवेदकहरुलाई १५० कित्ता, १६० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने ४१९ जना आवेदकहरुलाई १६५ कित्ता, ३१० कित्ता देखि ४५० कित्ता सम्म आवेदन गर्ने १०० जना आवेदकहरुलाई १७४ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १७३ जना आवेदकहरुलाई १८० कित्ताका दरले जम्मा ४,०६,९५५ कित्ता शेयर बाँडफाँड गरिएको छ ।

साथै, न्युन प्रभावित बाँकि सम्पूर्ण जिल्लाबासी वर्गमा कुल २१,३३१ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि १०० कित्ता माग गर्ने ११,४८९ जना आवेदकहरुलाई माग बमोजिम र ११० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ५,६६६ जना आवेदकहरुलाई १०० कित्ता र २१० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने २,२०७ जना आवेदकहरुलाई ११६ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १,२३६ जना आवेदकहरुलाई १२० कित्ताका दरले जम्मा १९,१८,७०८ कित्ता शेयर बाँडफाँड गरिएको जनाएको छ ।

वितरण गरी बाँकी रहेको १३१ कित्ता शेयरका लागि अति प्रभावित वर्गमा ७०० कित्ता आवेदन गरी बाँडफाँडमा परेका ५१३ जना आवेदकहरुलाई गोला प्रथाबाट थप १÷१ का दरले १३१ कित्ता शेयर बाँडफाँड गरि कुल ३६,५०,००० कित्ता शेयर कार्तिक २९ गते नियमन निकायहरुको प्रतिनिधिहरु, निष्काशन कम्पनी तथा निष्काशन तथा बिक्री प्रबन्धकहरुको उपस्थितिमा सान्जेन जलविद्युत कम्पनीका आयोजना प्रभावित (अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र न्युन प्रभावित) स्थानिय बासिन्दाहरुलाई क्रमश ४.२५ ः ३ ः १.५ ः १ को अनुपातमा बाँडफाँड गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS