IME Life New

हिमालयन डिष्लिटरीको नाफामा सामान्य बृद्धि, प्रतिशेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिष्लिटरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्किृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २१ करोड ५७ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो नाफा २ दशमलव १२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २१ करोड १२ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी १२ दशमलव २९ प्रतिशतले बढेको छ । कुल नाफा ५ दशमलव १९ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी ५ दशमलव ९५ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा २ दशमलव ४४ प्रतिशतले बढेको छ।

Esewa
Crest

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ७५ प्रतिशत बढेर १ अर्ब ५१ करोड ८४ लाख रुपैयाँ पुगेको छ । जगेडा कोष १४.४८ प्रतिशत बढेर १ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी भने ४० रुपैयाँ ५६ पैसा घटेर ५६ रुपैयाँ ८४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६० गुणा रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS