काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार बढेको छ । आज नेप्से परिसूचक २१ दशमलव २६ अंकले बढेर १,९०४ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको शेयर मुल्य बढेको छ भने ३१ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ८४ कम्पनीको दरले कमाएका हुन् । सप्तबोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, बुद्धभुमी नेपालका लगानीकर्ताले ७ दशमलव २९ प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ७ दशमलव २५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।