Connect IPS
IME Life

बजार बढाउन लगानीकर्ताको जोडबल, २१ अंकले सुधार हुँदा कारोबार रकम ९४ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक वर्ष भन्दा लामो समयदेखि थिलिएको शेयर बजारलाई सुधार गर्न लगानीकर्ताले राम्रै जोडबल गरिरहेका छन् । अघिल्ला साथ अव बजार सुधार हुने भन्दै शेयर खरिद गरेकाहरुले पछिल्ला तीन कारोबार दिनमा राम्रै गुमाउनु पर्यो ।

अलिकति सुधार देखिने वित्तीकै हौसिने लगानीकर्तालाई शेयर बजारले साथ दिइरहेको छैन । बढ्ने आशामा एभरेजिङ गर्दा गर्दै कसै सँग पनि थप लगानी गर्ने क्षमता छैन । यस अवधिमा नयाँ पुराना दुबै किसिमका लगानीकर्ता शेयर बजारको चंगुलमा फसिसकेका छन् । सबै जना बजार सुधारको प्रयासमा छन् । तर अर्थतन्त्रका अन्य सूचकले बजारलाई साथ दिन सकेको छैन ।

Prabhu
Crest

यस भन्दा अगाडीका निर्वाचनमा शेयर बजारमा उल्लेख्य सुधार देखिने गरेकोमा यस वर्ष भने बढ्न सकेको छैन । निर्वाचन भन्दा पनि बैंकिङ तरलता सबैको चासोमा छ । निर्वाचन हुनेमा सबै ढुक्क छन् । चुनाव जसले जिते पछि केहि फरक पर्नेवाला छैन । त्यसैले सबैको चासो चुनाव पछि तरलताको अवस्था के कस्तो होला भन्ने मात्रै छ । यस यसमा पनि ठोस आधारहरु खुल्न सकेको छैन ।

चुनाव पछि बजारमा थप पैसा आउने हो या होइन भन्न सकिदैन । हिजोका दिनमा जस्तो चुनावको समयमा नेता तथा व्यवसायीहरुले लुकाएको तथा गैरकानुनी पैसा बाहिर ल्याउथे जसले गर्दा बजार चलायमान हुन्थ्यो । तर अहिलेको समयमा गैरकानुनी पैसा पनि बैंकिङ च्यानलमै हुने भएकाले यसमा तात्वीक असर नपर्ने विश्लेषकहरु बताउछन् ।

यति हुँदा हुँदै पनि चुनाव आगामी सातामा हुँदैछ । चुनाव पछि कि त बैंकिङ प्रणालीमा राम्रै पैसा आउछ या त झन् तरलता अभावको अवस्थामा पुग्छ । यदि चुनाव पछि प्रणालीमा थप रकम आउन सक्यो भने शेयर बजारले पनि थप गति लिने विश्लेषकहरु बताउछन् । यहि कारणले पनि आज शेयर बजारमा २१.२६ अंकको सुधार देखिएको छ ।

नेप्से सूचक १ दशमबल १३ प्रतिशतले बढेर १९०४.४३ अंकमा रोकिएको छ । कारोबार रकम ९४ करोड ६० लाख नाघेको छ । १४८ वटा कम्पनीको शेयर मूल्य सुधार हुँदा ३१ वटाको घटेको छ । सर्वाधिक धेरै बढ्नेमा तारागाँउ रिजेन्सी रहेको छ । सर्वाधिक धेरै कारोबार रकम शिवमको १० करोड ९६ लाख नाघेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS