काठमाडौं । युनिलिभर नेपालले सर्वसाधारण शेयरधनी समुहको सञ्चालकको निर्वाचन स्थगित गरेको छ । उच्च अदालत पाटनले सर्वसाधारण शेयरधनीको निर्वाचन नगर्न नगराउन अन्तरकालिन आदेश जारी गरे सँगै कम्पनीले प्रकृयाँ स्थगन गरेको हो ।
युनिलिभर नेपालका शेयरधनी शंकरलाल अग्रवालले युनिलिभर नेपाल मकवानपुरलाई विपक्षी बनाइ उपयुक्त आवेदन जारी गरी पाउँ भन्दै मुद्दा दायर गरेका थिए । उनको आदेशलाई सुनुवाइ गर्दै उच्च अदालत पाटनले प्रस्तुत मुद्दाको टुङ्गो नलागेसम्म गत कार्तिक ११ गते तय गरिएको सर्वसाधारण शेयरधनीको निर्वाचन नगर्नु नगराउनु भनि अन्तरकालिन आदेश जारी गरेको थियो । सोहि आदेश बमोजिम कम्पनीले अदालतबाट मुद्दा किनारा नलागेसम्म निर्वाचन रोकिएको जनाएको छ ।