काठमाडौं । आज साताको शुरुको दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १० दशमलव ५४ अंकले घटेर १,८८३ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ४४ कम्पनीको शेयर मुल्य बढेको छ भने १३१ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ ।
आज दिनभरिमा २२५ कम्पनीको शेयर २० लाख २८ हजार ३४८ कित्ता किनबेच हुँदा ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
त्यस्तै, आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २ करोड ४० लाख ५२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको २ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डका इकाईधनीले कमाएका छन् । फण्डका इकाईधनीले ७ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ३ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नविल ब्यालेन्स्ड फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ६ दशमलव ९० प्रतिशतका दरले गुमाएका हुन् ।