Connect IPS
IME Life

नेपाल इन्भेष्टमेण्ट र हिमालयन बैंकलाई प्रथम त्रैमासको आधारमा दाँजेर हेर्दा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक केही समय अघि मर्जरको प्रक्रियामा थिए तर मर्जर  सफल हुन् सकेन । मर्जर भाडिए पछि दुवै बैंकले आफ्नो आफ्नो नयाँ पार्टनर खोजेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक मेगा बैंकसगँ मर्जर प्रक्रियामा छ भने हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रक्रियामा छ ।

दुवै वाणिज्य बैंकले आर्थिक वर्ष (२०७९/८० ) को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । दुई कम्पनीलाई शेयर पुँजी, संचित मुनाफा, जगेडा कोष, निक्षेप संकलन, कर्जा प्रवाह, खुद व्याज आम्दानी, संचालन मुनाफा, खुद नाफा,  प्रति शेयर आम्दानी, किताबी मूल्य र खराब कर्जा जस्ता महत्वपूर्ण सूचकका आधारमा तुलनात्मक अध्ययन गरिएको छ ।

Prabhu
Crest

दुई वाणिज्य बैंकलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा :
हिमालयन बैंकको चुक्ता पूँजी १२ अर्ब ९६ करोड छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड रहेको छ । चुक्ता पुँजीको आधारमा नेपाल इन्भेष्टमेण्ट बैंक अघि छ ।

संचित नाफाको आधारमा :
संचित नाफा हिमालयन बैंकको धेरै छ । नेपाल इन्भेष्टमेण्ट बैंकको संचित नाफा १ अर्ब ८० करोड हुँदा हिमालयन बैंकको २ अर्ब ४० करोड छ ।

जगेडा कोषको आधारमा :
जगेडा कोषमा नेपाल इन्भेष्टमेण्ट बैंक अघि छ । नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा कोषमा १५ अर्ब ९ करोड रुपैयाँ संचित छ भने हिमालयन बैंकको जगेडा कोषमा ७ अर्ब ३५ करोड रुपैयाँ संचित छ ।

निक्षेप र कर्जाको आधारमा :
हिमालयन बैंकले १ खर्ब ७० अर्ब निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब कर्जा प्रवाह गरेको छ । त्यस्तै नेपाल इन्भेष्टमेण्ट बैंकले १ खर्ब ९२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानीको आधारमा :
नेपाल इन्भेष्टमेण्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ अर्ब १२ करोड खुद व्याज आम्दानी गर्दा हिमालयन बैंकले १ अर्ब ८० करोड खुद व्याज आम्दानी गरेको छ । व्याज आम्दानीमा व्याज खर्च घटाए पछि खुद व्याज आम्दानी आउँछ ।

संचालन नाफाको आधारमा :
हिमालयन बैंकले चालु आवको प्रथम त्रैमाससम्म ७८ करोड संचालन नाफा गर्दा नेपाल इन्भेष्टमेण्ट बैंकले १ अर्ब ६२ करोड संचालन नाफा गरेको छ।

खुद नाफाको आधारमा :
हिमालयन बैंकले चालु आवको प्रथम त्रैमाससम्म ५३ करोड खुद नाफा गरेको छ भने नेपाल इन्भेष्टमेण्ट बैंकले १ अर्ब १४ करोड खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
प्रति शेयर आम्दानीको आधारमा नेपाल इन्भेष्टमेण्ट बैंक अघि छ। नेपाल इन्भेष्टमेण्ट बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ ९२ पैसा छ भने हिमालयन बैंकको प्रति शेयर आम्दानी १६ रुपैयाँ ४२ पैसा छ ।

निस्क्रिय कर्जाको आधारमा :
नेपाल इन्भेष्टमेण्ट बैंकको निस्क्रिय कर्जा १ दशमलव ५७ प्रतिशत हुँदा हिमालयन बैंकको २ दशमलव ३१ प्रतिशत छ।

किताबी मूल्य :
हिमालयन बैंकको किताबी मूल्य १७५ रुपैयाँ २२ पैसा छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको किताबी मूल्य १९२ रुपैयाँ ३२ पैसा छ ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%

खुसी

0%

दु :खी

18%

अचम्मित

9%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS