काठमाडौं । मुक्तिानथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले २० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
कम्पनीको २०७९ ६ २८ गते सम्पन्न चौथो बार्षिक साधारणसभाबाट पारित भए बमोजिम साविक शेयरधनीहरुका लागि प्रति शेयर बराबर नयाँ ०.५५ शेयरको अनुपातमा प्रति शयर १ सय रुपैयाँ अंकित दरको २० लाख कित्ता (३६ करोड चुक्ता पूँजीको ५५.५५ प्रतिशत) हकप्रद शेयर निष्काशन तथा बिक्रि खुल्ला गरेको हो ।
कम्पनीले २०७९ कात्तिक २५ देखि मंसिर २९ गतेसम्मका लागि हकप्रद शेयर बिक्रि खुल्ला गरेको हो । उक्त हकप्रद शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले कम्पनीको केन्द्रिय र प्रादेशिक कार्यालयहरु मार्फत आवेदन दिन आग्रह गरेको छ ।