IME Life New

गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड अनुदान दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रूपैयाँ अनुदान दिनको लागि आवश्यक कार्यविधि बनाएको छ। उक्त अनुदान चालु बर्षको बजेटमा नै छुट्याइएको भएपनि कार्यविधि बनाउन ढिलाइ भएको थियो।

अनुदान कार्यविधि गण्डकी प्रदेशको मन्त्रिपरिषद्को बैठकले कार्यविधि पारित गरेको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए। चुनावको मुखमा आएर अनुदान दिएको जस्तो देखिएको भएपनि प्रदेशको बजेट कार्यक्रममा समावेश भएको कार्यक्रम अन्तर्गत गण्डकी विश्वविद्यालय मातहतको इनोभेसन सेन्टर र राष्ट्रिय आविष्कार केन्द्रको समन्वयमा अध्ययन अनुसन्धानका काम अगाडि बढाइने मन्त्री श्रेष्ठले बताए ।

Esewa
Crest

उक्त अनुदानबाट संचालन गरिने अनुसन्धानका कामहरुको लागि बनेको कार्यविधिको विषयमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुनलाई मन्त्रालयमै बोलाएर जानकारी दिइएको मन्त्री श्रेष्ठले बताए। उनले भने, ुकार्यविधि मन्त्रालयमै रहने दस्तावेज हो, अब मापदण्ड बन्छ। कार्यविधि र मापदण्ड अनुसार मन्त्रालयले अनुसन्धानका लागि प्रस्ताव आह्वान गर्छ । महाविर पुनको इच्छा अनुसार सांकेतिक रूपमा आविष्कार केन्द्रलाई कार्यविधि दिइएको हो ।

अब आविष्कार केन्द्रले गण्डकी प्रदेश विश्वविद्यालयको इनोभेसन सेन्टरको समन्वयमा गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयसंँग मिलेर विभिन्न दिर्घकालिन महत्वका कामहरु गर्ने मन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS