IME Life New

बीमालेख धितोकर्जाको व्याजदर घटाउन र नविकरण छुटको अवधि बढाउन अभिकर्ताले दिए मंसिर ८ सम्मको अल्टिमेटम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीमालेख धितोकर्जाको ब्याज दर घटाउन र व्यतित बीमालेखको ब्याज छुटको अवधि बढाउन सहमत भएको छ । अभिकर्तासँगको छलफलपछि प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले यो विषयलाई सञ्चालक समितिको बैठकमा पेश गर्ने र ब्याजदर घटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Esewa
Crest

गणेश अधिकारीको संयोजकत्वमा गएको टोलिले नेपाल लाइफका उच्च व्यवस्थापन सँग बीमालेख धितोकर्जाको ब्याजदर घटाउन, व्यतित बीमालेख नविकरण गर्ने छुटको समय बढाउन, नयाँ पोलिसी, अभिकर्ता कर्जा लगायतका विषयमा छलफल गरेको थियो । अभिकर्ताहरुले बीमालेख धितोकर्जा १० प्रतिशतबाट १२ प्रतिशत पुर्याइएको भन्दै विरोध गरेका थिए । उनीहरुले यस्तो ब्याजदर पूर्ववत अवस्थाकै १० प्रतिशतमा झार्न दबाव दिएका छन् ।

अभिकर्ताको दबाब पछि प्रमुख कार्यकारी पराजुलीले आगामी सञ्चालक समितिको बैठकमा प्रस्ताव पेश गर्ने र ब्याजदर घटाउन आफूले सक्दो प्रयास गर्ने बताएका थिए । अभिकर्ताहरुले व्यतित भइसकेका बीमालेखको नविकरण अवधि बढाउन समेत दबाब दिएका छन् । उनीहरुले अहिलेको विषय परिस्थितिमा बीमितलाई राहत दिनुको सट्टा‌ कर्जाको ब्याजदर बढाउने तथा व्यतित बीमालेख  नविकरण गर्दा बीमितले ब्याज रकममा छुट पाउने अवधि छोट्याउने कार्यहरु भएको भन्दै तत्काल फिर्ता दिन अनुरोध गरेका थिए ।

अभिकर्ताले अहिलेको परिमार्जित बीमालेखको बीमाशुल्क महंगो बनाइएको भन्दै सस्तो बीमाशुल्कमा खरिद गर्न सकिने बीमालेख बिक्रीमा ल्याउनु पर्ने माग राखेका छन् । अहिलेको बीमालेखहरु तुलनात्मकरुपमा महंगो भएको भन्दै अभिकर्ताले सस्ता ल्याउन अनुरोध गरेका हुन् । त्यस्तै अभिकर्ता कर्जाका विषयमा पनि सहजीकरण गर्नुपर्ने माग राखेका छन् । अभिकर्ताले कर्जा तथा अन्य सुविधा पाउनु पर्ने उनिहरुको माग छ ।

कार्यक्रममा प्रमुख कार्यकारी पराजुली सहित नायब महाप्रबन्क उमापति पोखरेलका साथै एक सय भन्दा धेरै अभिकर्ताहरुको उपस्थिति थियो । उनीहरुले आफुले प्रस्तुत गरेका माग पुरा गर्न मंसिर ८ गतेसम्मको म्याद दिएका छन् । कतिपय अभिकर्ताले अहिले देखि नै आन्दोलनमा उत्रिनु पर्ने अडान लिएका थिए, तर मंसिर ४ गते निर्वाचन रहेको हुँदा आन्दोलन गर्न उपयुक्त नहुने भन्दै मंसिर ८ गतेसम्म अल्टिमेटम दिएका हुन् । अभिकर्ताले उच्च व्यवस्थापनलाई आफ्नो माग सुनुवाई नभएमा जुनसुकै हदमा गएर आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

81%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

19%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS