काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ ऐन अनुसार नाम परिवर्तन गरे पनि आफ्नै वेवसाइटमा भने अझै परिवर्तन गर्न सकेको छैन । बीमा क्षेत्रकै नियामक र शक्तिशाली निकायले नै आफ्नो वेवसाइटमा नाम परिवर्तन गर्न सकेको छैन । अझै पनि प्राधिकरणको वेवसाइटको नाम बीमा समिति नै छ ।
समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा प्राधिकरणको उद्घाटन गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्ने योजना भए पनि उनि उपस्थित नभए पछि समितिका अध्यक्ष आफैले नेपाल बीमा प्राधिकरण लेखिएको होर्डिङ बोर्ड अनावरण गरेका थिए ।
आजदेखि लागु भएको बीमा ऐन २०७९ मा बीमा समितिको नाम परिवर्तन गरी नेपाल बीमा प्राधिकरण रहने व्यवस्था छ । ऐन आजभन्दा ३१ दिन अगाडी नै प्रकाणिकरण भए पनि समितिले अझै पनि वेवसाइटको नाम परिवर्तन गर्न सकेको छैन । ऐनमा भएका व्यवस्थालाई कार्यान्वयनका लागि दिइएको समयमा चुप लागेर बसेको प्राधिकरणले केहि पनि नगर्दा यस्तो अवस्था आएको हो ।