IME Life New

नागरिक स्टक डिलरले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले मङ्सिर १८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले उक्त सभा दिउँसो ४ः३० बजे नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषको भवनमा गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.८५ प्रतिशत बोनस शेयर बितरण प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

Esewa
Crest

त्यस्तै सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३२, २०७९ मा समाप्त भएको आ।व। २०७८/७९ को वार्षिक वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ । त्यस्तै कम्पनीको मिति २०७८/१२/६ गते र मिति २०७८/१२/२५ गते सम्पन्न सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरिएका सञ्चालकहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा उल्लेखित बोनस शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृत गर्ने, तथा यी निर्णय कार्यान्वयनका लागि कम्पनीको प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुनेछ। साथै विशेष प्रस्तावका संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै बिषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव सभामा पेश हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS