IME Life New

बरुण हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बरुण हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कार्तिक १४ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलामी मार्फत विक्री गरेको हो । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ३ लाख ५५ हजार ६० कित्ता शेयर लिलाम गरेको हो ।

शेयर लिलाम प्रकियाको लागि आरविवि मर्चेन्ट बैंकिंङ बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम १ सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ ।

Esewa
Crest

कम्पनीले निष्काशन गरेको हकप्रद शेयर असोज २६ गते बाँडफाँड भएको थियो । कम्पनीले भदौ ६ गतेदेखि भदौ ३१ गतेसम्म कम्पनीको हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १स्१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो।

लिलामी शेयरमा आरविवि मर्चेन्ट बैंकिंङको कार्यालय टेकु र राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु विरगञ्ज पर्सा, जनकपुर धनुषा, नारायणगढ चितवन, बाग्लुङ्ग बजार बाग्लुङ्ग, बुटवल रुपन्देही, नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली, विर्तामोड झापा, हेटौडा मकवानपुर, तुल्सीपुर दाङ्ग, महेन्द्रनगर कञ्चनपुर, विराटनगर मोरङ र क्षेत्रीय कार्यालय पोखराबाट आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS