IME Life New

शेयर रेसियो अनुसार संचालकको प्रतिनिधित्व गराउन ८ कम्पनीलाई बीमा समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। संस्थापक शेयरधनीले आफ्नो लगानी घटाएसँगै बीमकको संचालक समितिमा सर्वसाधारणको उचित प्रतिनिधित्वको विषयलाई लिएर नियामक बीमा समितिले चासो देखाएको छ।
बीमा समितिले सर्वसाधारणको उचित प्रतिनिधित्व नभएको विषयमा नेपाल लाईफ, एलआइसी नेपाल, नेशनल लाइफ, शिखर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रुडेण्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स  र युनाइटेड इन्स्योरेन्स सहित ८ वटा बीमा कम्पनीलाई पत्र काटेको छ।

सर्वसाधारण प्रतिनिधित्वको विषयमा हामीले ८ वटै बीमा कम्पनीलाई शेयर संरचना अनुसार संचालकको प्रतिनिधित्व गराउन निर्देशन  दिएका छौं, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले भने, उनीहरुबाट प्राप्त हुने प्रतिकृयाको आधारमा आवश्यक थप निर्देशन दिनेछौं।

Esewa
Crest

कम्पनीको स्थापना हुँदा संस्थापक र सर्वसाधारण शेयरधनीको लगानी अनुपात ७०:३० रहेकोमा  ८ वटा कम्पनीका संस्थापकले आफ्नो लगानी झिक्दै सर्वसाधारणको लगानी बढाएर ५१:४९ प्रतिशतको अनुपातमा पुर्याएका छन्। दोश्रो बजारमा संस्थापक शेयरको तुलनामा साधारण शेयरको बजारमूल्य दोब्बर भन्दा बढी हुने भएकाले संस्थापकले दोश्रो बजारबाट समेत लाभ लिनको लागि आफ्नो हिस्सा घटाएका हुन् ।

दाेश्राे बजारबाट फाइदा लिन शेयर स्वामित्व घटाए पनि आठवटै कम्पनीका संचालकले संचालक समितिमा संस्थापक शेयरधनीकाे प्रतिनिधित्व पनि समानुपातिकरूपमा घटाएर सर्वसाधारणको प्रतिनिधित्व चाहिँ बढाएका छैनन् । शेयर स्वामित्व ५१:४९ प्रतिशतमा झार्ने प्रस्तावसँगै साधारण सभामा संचालक समितिमा साधारण शेयरधनीकाे प्रतिनिधि संख्या थप गर्ने प्रस्ताव पेश गर्नुपर्नेमा कुनै पनि कम्पनीका संचालकले यस्ताे प्रस्ताव पेश गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

8%
sad

दु :खी

8%
amazed

अचम्मित

0%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS