काठमाडौं । अरुण काबेली पावरको १० प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भएको छ । बोनश शेयर समायोजन पछिको मूल्य नेप्सेले ३६२ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गरेसँगै नेप्सेले बोनश शेयरको मुल्य संमायोजन गरेको हो ।
आइतवार यही मूल्यलाई आधार मानेर यसको पहिलो कारोबार खुल्नेछ । कम्पनीको बिहीवारको अन्तिम कारोबार मूल्य ३९९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
कम्पनकिो साधारण सभा कात्तिक ३० गते गर्नेछ । सभा अल्फा बीटा कम्प्लेक्सको चौथो तल्ला, नयाँ वानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले सञ्चालक समितीले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र कर तिर्न शून्य दशमलव ५२ नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।