काठमाडौं । नेपालको शेयर बजारको इतिहासमा सबै भन्दा धेरै लाभांश दिने कम्पनीमा युनिलिभर नेपाल पर्दछ । उत्पादन तथा प्रसोधन समूह अन्तर्गत पर्ने यो कम्पनीले आर्थिक वर्ष ७८/७९ को संचित मुनाफाबाट १२१५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
लाभांश प्रस्ताव गरेको दिन कम्पनीको बजार मूल्य १९ हजार ५०० पुगेको छ । कम्पनीले मंसिर ४ गते देखि बुक क्लोज गरेकोले सो भन्दा अघिल्लो कारोवार दिनसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने छन् ।
कम्पनीको हालको बजार मूल्य १९ हजार ५०० लाई कम्पनीले प्रस्ताव गरेको नगद लाभांशसँग दाँजेर हेर्दा कम्पनीबाट ६ दशमलव २३ प्रतिशतको डिभिडेण्ड इल्ड देखिन्छ ।
शुत्र :
कम्पनीको बजार मूल्य : १९,५००
प्रस्तावित लाभांश : १,२१५
डिभिडेण्ड इल्ड (%): १,२१५ / १९,५०० *१०० = ६.२३ %