Connect IPS
IME Life

एफवान सफ्टले ल्यायो युज मोबाईल डटकम, मोबाईल बैंकिङ्ग प्रयोगमा थप मदत पुग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एफवान सफ्ट इन्टरनेशनले युज मोबाईल बैंकिङ्ग डटकमको सुरुवात गरेको छ । यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्ने कम्पनीले जनाएको छ । वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ्ग अनुप्रयोगहरुका लागि ट्युटोरियल (सन्दर्भ सामाग्री) हरु समावेश गरिएको छ ।

वेबसाईटमा मोबाईल बैंकिङ्ग सम्बन्धी नविनतम तथ्य, तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनि निरन्तर अपडेट गरिने कम्पनीले जनाएको छ । युज मोबाईल डटकम एफवान सफ्ट इन्टरनेशनल द्धारा मोबाईल बैंकिङ्गको प्रयोगलाई बढावा दिन र बानी बसाल्ने प्रयोग हो, जुन शहरी क्षेत्रहरुमा डेबिट कार्ड र नगदको तुलनामा बिस्तारै बैंकिङ्ग र भुक्तानीको लोकप्रिय मोड बन्दै गएको छ ।

Prabhu
Crest

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवाश शर्माका अनुसार मोबाईल बैंकिङ्गको ठुलो संभावना रहेको र यस मार्फत मानिसहरुलाई टेक्नोलोजीसँग अझ बढि परिचित गराउन चाहेको हो । मोबाईल बैंकिङ्गको प्रयोगमा धेरै वृद्धि देखिरहेको छ भने युज मोबाईल बैंकिङ्ग डट कमले मोबाईल बैंकिङ्ग प्रयोग गर्न मदत गर्नेछ ।

एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो फिनटेक कम्पनी हो । जुन १८ वर्षभन्दा बढि समयदेखि डिजिटल फाइनान्स्मा केन्द्रित छ । कम्पनीले हाल एक हजार भन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ । कम्पनीले ५० भन्दा बढि वित्तीय संस्थाहरुको बैंकिङ्ग र वित्तीय संस्थाहरुको बैंकिङ्ग अनुप्रयोगहरु निर्माण गरेको छ । युज मोबाईल बैंकिङ्ग डटकम मोबाईल बैंकिङ्गका प्रयोगकर्ताहरुसम्म सिधै पुग्ने पहिलो प्रयास हो । कम्पनीले आम प्रयोगकर्तालाई वेबसाईटमा जान र नविनतम समाचारहरुसँग जोडिरहनका लागि युज मोबाईल बैंकिङ्गका सामाजिक सञ्जाल पछ्याउन आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS