IME Life New

बिज बजारको भव्य उत्सव योजनाका मेगा बम्पर विजेताहरू घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिज बजारले भव्य उत्सव योजनाका मेगा बम्पर विजेताहरू घोषणा गरेको छ ।  नेपाली ट्रेडलाई डिजिटाइज गर्ने तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने दीर्घकालीन लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको नेपाली ई–कमर्स कम्पनी बिजबजारले बडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका महान् चाडहरूलाई दृष्टिगत गर्दै बिजबजार भव्य उत्सव नामक योजना चाडबाडको उमङ्ग भव्य अफरसँग भन्ने नाराका साथ सञ्चालनमा ल्याएको थियो।

जस अन्तर्गत बिजबजारले सबै वर्गका सेवाग्राहीहरूको लागि विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७८ प्रतिशत सम्म छुटसहित बम्पर उपहारसमेत समावेश गरेको थियो।

Esewa
Crest

बिजबजारले सिस्टममा आधारित लक्की ड्र मार्फत बम्पर उपहारका विजेताहरूको घोषणा गरेको छ। जस अन्तर्गत पहिलो बम्पर उपहार MI 65 INCH ULTRA 4K TV AND MI SOUND BAR अविशा शर्माले प्राप्त गरेकी छन्, यसै गरी दोस्रो बम्पर उपहार REALME 9 PRO + 5G को विजेता रचना सापकोटा बनेकी छन् भने तेस्रो बम्पर उपहार SAMSUNG SINGLE DOOR REFRIGERATOR 192 L सबिन श्रेष्ठले हात पारेका छन्।

कम्पनीले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने २० मा BIZ" नामक Campaign अन्तर्गतको कार्तिक महिनाको Campaign को तयारी पनि पुरा हुन लागेको जनाएको छ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै धधध।दष्शदबशबच।अयm।लउ टाइप गरेर पनि यो सेवा लिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS