IME Life New

सानिमा ग्रोथ फण्डको आइपिओ हाल्दै हुनुहुन्छ ? यस अघिका फण्ड करोडौ नोक्सानीमा, बजार मूल्य पनि रु.८ भन्दा कम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अहिले सानिमा क्यापिटलले सानिमा ग्रोथ फण्डको इकाईहरु प्राथमिक बजारमा निष्काशन गरिरहेको छ। प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा कम्पनीले १२ करोड इकाई निष्काशन गर्न लागेको हो । कार्तिक १६ गते देखि सुरु भएको इकाई बिक्री कार्तिक २० गते सम्म चल्ने छ। यदी सो समयसम्म पनि माग बमोजिम आवेदन नपरेमा कार्तिक ३० गतेसम्म समय थप हुने छ ।

कम्पनीले यस अघि निष्काशन गरेका म्युचुअल फण्डलाई हेर्दा अहिले दोश्रो बजारमा राम्रो प्रस्तुती गर्न सकेको छैन । सानिमा इक्वीटी फण्ड अहिले दोश्रो बजारमा ९ रुपैयाँ ९६ पैसामा कारोवार भएको छ भने अर्को फण्ड सानिमा लार्ज क्याप फण्ड ७ रुपैयाँ २६ पैसामा कारोवार भएको छ ।

Esewa
Crest

यसरी प्राथमिक बजारमा प्रति इकाई १० रुपैयाँ लगानी गरेर  दोश्रो बजारमा सो भन्दा तल मूल्य आउँदा प्राथमिक बजारका लगानीकर्तालाई निकै ठूलो घाटा भएको छ ।

असोज मसान्तसम्मको न्याभ रिपोर्टको आधारमा हेर्दा सानिमा लार्ज क्याप फण्ड ४ करोड ३९ लाख नोक्सानीमा रहेको छ भने सानिमा इक्वीटी फण्ड करिव १० करोड नोक्सानीमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS