काठमाडौं । आज शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ७ दशमलव ३२ अंकले बढेर १,९३८ दशमलव ३० को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ७ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज नविल बैंकको ५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ५ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्स कम्पनीको ३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।