काठमाडौं । आज शेयर बजार उकालो लागेको छ । आज नेप्शे परिसूचक ७ दशमलव ३२ प्रतिशतले बृद्धि भई १९३८ दशमलव ३० को अंकमा कायम भएको छ । आज कुल १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै कर्पाेरेट डेभलपमेनट विकास बैंक लि. का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज यस बैंकको शेयर ८ दशमलव ७४ अंकले बृद्धि भई प्रति शेयर मूल्य २८८ रुपैयाँ कायम भएको छ ।
यसैगरी आज कर्णाली डभलपमेन्ट बैंकको शेयर ८ दशमलव ११ पतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य २४० रुपैयाँ कायम भएको छ । साथै आज जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज जोशी हाइड्रोवापरको शेयर ५ दशमलव ९७ ले वृद्धि भई प्रति शेयर मूल्य १९७ रुपैयाँ कायम भएको छ । आज मानुसी लघुवित्तको शेयर ५ दशमलव ७४ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य १ हजार ८९ रुपैयाँ कायम भएको छ ।