Connect IPS
IME Life

प्रथम त्रैमासको आधारमा एनआईसी एशिया र नबिल बैंकलाई दाँजेर हेर्दा कुन देखियो तगडा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । एनआईसी एशिया र नबिल बैंक नेपालका दुई चर्चित वाणिज्य बैंक हुन् । चालु आर्थिक वर्ष (२०७९/८० ) को प्रथम त्रैमासको आधारमा दुई बैंकलाई शेयर पुँजी, संचित नाफा, जगेडा कोष, निक्षेप, कर्जा, खुद व्याज आम्दानी, संचालन मुनाफा, खुद नाफा, वितरणयोग्य  मुनाफा, प्रति शेयर आम्दानी, किताबी मूल्य, सिडी अनुपात  र खराब कर्जा गरी १३ महत्वपूर्ण सूचकका आधारमा तुलनात्मक अध्ययन गरिएको छ ।

दुई वाणिज्य बैंकलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :

नबिल बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड छ भने एनआईसी एशिया बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रहेको छ । चुक्ता पुँजीको आधारमा नबिल बैंक धेरै नै अघि छ ।

संचित नाफाको आधारमा :
संचित नाफा एनआईसी एशिया बैंकको धेरै छ । एनआईसी एशिया बैंकको संचित नाफा ४ अर्ब २० करोड हुँदा नबिल बैंकको २ अर्ब ९१ करोड छ ।

जगेडा कोषको आधारमा :
जगेडा कोषमा नबिल बैंक अघि छ । नबिल बैंकको जगेडा कोषमा २७ अर्ब ५१ करोड रुपैयाँ संचित छ भने एनआईसी एशिया बैंकको जगेडा कोषमा ११ अर्ब १ करोड रुपैयाँ संचित छ ।

निक्षेप र कर्जाको आधारमा :
एनआईसी एशिया बैंकले ३ खर्ब ४ अर्ब निक्षेप संकलन गरी २ खर्ब ५९ अर्ब कर्जा प्रवाह गरेको छ । त्यस्तै नबिल बैंकले ३ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५ अर्ब कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानीको आधारमा :
एनआईसी एशिया बैंकले तीन महिनाको अवधिमा ३ अर्ब ४१ करोड खुद व्याज आम्दानी गर्दा नबिल बैंकले ३ अर्ब ६७ करोड खुद व्याज आम्दानी गरेको छ । व्याज आम्दानीमा व्याज खर्च घटाए पछि खुद व्याज आम्दानी आउँछ ।

संचालन नाफाको आधारमा :
एनआईसी एशिया बैंकले चालु आवको प्रथम त्रैमाससम्म २ अर्ब ५२ करोड संचालन नाफा गर्दा नबिल बैंकले २ अर्ब २३ करोड संचालन नाफा गरेको छ।

खुद नाफाको आधारमा :
एनआईसी एशिया बैंकले चालु आवको प्रथम त्रैमाससम्म १ अर्ब ७५ करोड खुद नाफा गरेको छ भने नबिल बैंकले १ अर्ब ५७ करोड खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
वार्षिक प्रति शेयर आम्दानीको आधारमा एनआईसी एशिया बैंक अघि छ । एनआईसी एशिया बैंकको प्रति शेयर आम्दानी ५९ रुपैयाँ ६२ पैसा छ भने नबिल बैंकको प्रति शेयर आम्दानी २७ रुपैयाँ ०१ पैसा छ ।

वितरणयोग्य मुनाफाको आधारमा :
एनआईसी एशिया बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब २० करोड हुँदा नबिल बैंकको २ अर्ब ९१ करोड छ ।

निस्क्रिय कर्जाको आधारमा :
नबिल बैंकको निस्क्रिय कर्जा २ दशमलव ३३ प्रतिशत हुँदा एनआईसी एशिया बैंकको शून्य दशमलव ५९ प्रतिशत छ।

किताबी मूल्य :
एनआईसी एशिया बैंकको किताबी मूल्य २३१ रुपैयाँ ६३ पैसा छ भने नबिल बैंकको किताबी मूल्य २३३ रुपैयाँ २८ पैसा छ ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

7%

दु :खी

14%

अचम्मित

14%

उत्साहित

10%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS