काठमाडौं। साताको दोश्रो कारोवार दिन मंगलवार नेप्से परिसूचक करिव ३ प्रतिशतले वृद्धि हुँदै १९०० माथि पुगेको छ । कारोवार रकम १ अर्ब माथि पुगेको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक शेयर खरिद बिक्री भएको छ ।
आजको फ्लोरसिट हेर्दा शिर्ष ५ ब्रोकर मध्ये ४ ब्रोकरले बिक्रीको तुलनामा खरिद धेरै गरेका छन् । सर्वाधिक कारोवार गर्न सफल ब्रोकर नम्बर ५८ बाट ८ करोड ९२ लाखको शेयर खरिद भएको छ भने ७ करोड ४१ लाख बराबरको शेयर बिक्री भएको छ ।
त्यस्तै सर्वाधिक शेयर कारोवार गर्ने दोश्रो ब्रोकरमा ब्रोकर नम्बर ३४ रहेको छ । ब्रोकर नम्बर ३४ बाट ६ करोड ५२ लाखको शेयर खरिद हुँदा ५ करोड ५० लाख बराबरको शेयर बिक्री भएको छ ।
नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रकृयाँलाई स्थगन गरे सँगै आज शेयर बजारमा धेरै समय पछि उछाल आएको छ । मंगलबार नेप्से सूचक ५६ दशमलव ११ अंकले सुधार भएको छ । सूचकसँगै कारोबार रकम पनि बढेर एक अर्ब २९ करोड रुपैयाँको भएको छ । नेप्से सूचक २ दशमलव ९९ प्रतिशतले बढेर १९३० दशमलव ९९ अंक कायम भएको छ ।