IME Life New

सन नेपाल लाइफद्धारा मृतक पौडेलको परिवारलाई बीमा रकम हस्तान्तरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितका परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । रुपन्देही जिल्ला सैनामैना नगरपालिका वाड नं ६ निवासी स्वर्गिय देविन्द्र प्रसाद पौडेलले बीमाङ्क ५ लाखको १५ वर्षे सार्थक आजिवन बीमा गरेका थिए । बीमा गरेको ५ वर्ष पछि निजले विषदी सेवन पश्चात लुम्विनी प्रादेशिक अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो ।

मृतकले विषदी सेवन गर्नु भन्दा ठिक ३ दिन अगाडी बीमालेख कर्जा लगेका थिए । निजले लिएको कर्जाको सांवा तथा व्याज कट्टा गरी वांकी ४,५८,४२९ रुपैया भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी वुटवल शाखाको तर्फवाट शाखा प्रमुख सुवास सेनले मृतकका श्रीमती रमा नेपाललाई चेक हस्तान्तरण गरेका हुन ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS