IME Life New

कजरिया सेरामिक्सले नेपालमै टायल्स उत्पादन गर्ने, रु.२ अर्ब लगानी गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। व्यापारिक तथा औद्योगिक समूह रमेश कर्पले नेपालमै भारतको प्रसिद्ध कजरिया ब्राण्डको टायल्स नेपालमै उत्पादन गर्ने भएको छ ।

रमेश कर्पले सिरामिक र भिट्रिफाइड टायल्स उत्पादनको लागि कजारिया सिरामिक्स लिमिटेडसँग संयुक्त लगानीका लागि हालै सम्झौता गरेको छ।

Esewa
Crest

कजारिया सिरामिक्सले टायल्स उत्पादनको लागि १ अर्ब २५ करोड भारु(२ अब नेपाली रुपैयाँ) लगानी गर्न सहमति जनाएको छ।

रमेश कर्पोरेशन, नेपालसँग आबद्ध विभिन्न व्यक्तिसँग साझेदारीमा नेपालमा उत्पादन सुविधा स्थापना गर्न इक्विटी र/वा ऋण मार्फत लगानी गरिने भारतीय मिडियाले उल्लेख गरेका छन्।

कजरिया सेरामिक्सका अनुसार नेपालमा प्रस्तावित प्लान्टको वार्षिक क्षमता ८० लाख वर्ग मिटर (एमएसएम) हुनेछ ।

नेपालमा टायल्सको ठूलो बजार भएपनि अधिकांश भारत र चीनबाट नै आयात हुँदै आएको छ। नेपालमा हालसम्म बाराको जीतपुर सिमरा- ८ इमली पर्तीटोलमा नेपाल सेरामिक इन्डस्ट्रिज टायल्स मात्र संचालनमा रहेको छ । गत बैशाख देखि संचालनमा आएको यो उद्योगमा एक अर्ब रुपैयाँ लगानी भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS