काठमाडौं । विश्वभर देखा परेको ओमिक्रोन भाइरसको सवभेरियन्ट नेपालमा पनि देखा परेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाका अनुसार देशभरबाट संकलित विभिन्न उमेर समुहका व्यक्तिको नमुना परिक्षण गर्दा ओमिक्रोणको सवभेरियन्ट देखा परेको हो । दिपावली तथा छठ जस्ता चाडपर्वमा भेटघाट तथा भिडभाड धेरै हुने भएकोले संक्रमणबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्णलाई अनुरोध गरेको छ ।