काठमाडौं । अरुण कावेली पावरले साधारणसभा प्रयोजनको लागि कार्तिक १८ गते शुक्रवार बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । कम्पनीको चुक्ता पूँजी एक अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कार्तिक ३० गते बुधवारको लागि साधारण सभा डाकेको छ।