Connect IPS
IME Life

युएईको इमिरेट्स इण्डियाबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु, ३३ शाखाबाट सोझै नेपालमा पैसा पठाउन सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै युएईमा स्थायी रुपमा तथा कामको शिलशिलामा बसोबास गर्दै आएका नेपालीहरुले, इमिरेट्स इण्डियाका संयुक्त अरब इमिरात्स(युएइ) स्थित युएइ, अबुधाबी, सारजाह लगायत अधिकांस स्थानमा रहेका ३३ वटा शाखाबाट सुरक्षित र विश्वासिलो तवरले डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउन सकिनेछ । इमिरेट्स इण्डिया मार्फत नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाइ, जुनसुकै बैंक तथा वित्तिय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै रकम पठाउन सकिनेछ । यसका साथै इमिरेट्स इण्डियाको वेबसाइटबाट पनि अनलाइन सेवा प्रयोग गरि इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिनेछ भने निक भविष्यमै कम्पनीको मोबाइल एपबाट पनि यो सेवा उपलब्ध हुनेछ ।

Prabhu
Crest

हाल इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियान जारि रहेको हुनाले इमिरेट्स इन्डियाको माध्यम हुँदै युएईबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म हरेक महिना एक जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौँमा घर समेत जित्न सक्नेछन् ।

इमिरेट्स इण्डिया मार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई नगद रेमिट्यान्स पनि पठाउन सकिनेछ । जसलाई नेपालभर रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा धेरै एजेन्ट नेटवर्कको सञ्जालबाट प्राप्त गर्न सकिनेछ । साथै, इमिरेट्स इण्डिया मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेट्मा प्राप्त गर्दा सेवाग्राहीले थप रु. २०० बोनस समेत पाउने छन् भने मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सक्नेछन् ।

रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र इमिरेट्स इण्डियाका तर्फबाट जनरल म्यानेजर अली मोहम्मद एलम्रानीले हस्ताक्षर गरेका थिए ।

इमिरेट्स इण्डियासंगको रेमिट्यान्स सम्झौताबारे सिइओ कोइरालाले भने, “युएइ नेपालीहरुको प्रमुख रोजगार गन्तब्य भएकाले इमिरेट्स इण्डिया जस्तो पहिला देखि नै स्थापित अन्तराष्ट्रिय एक्सचेञ्ज कम्पनीसंग रेमिट्यान्स साझेदारी गर्न पाउँदा एकदमै उत्साहित छौँ । साथै, अनलाइन माध्यमबाट डिजिटल रेमिट्यान्स सेवा उपलब्ध भएकाले पनि सेवाग्राहीहरुलाई यस माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउन थप सहजता मिल्ने कुरामा पनि हामी विश्वस्त छौँ”।

इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्ज सन् १९८० मा स्थापित भएर युएइमा बैंक ट्रान्सफर, अन्तराष्ट्रिय मुद्रा एक्सचेञ्ज, मोबाइल मनी ट्रान्सफर लगायतका आधुनिक प्रविधिका डिजिटल सेवाहरु प्रदान गर्दै आइरहेको छ । विगत ३ दशक भन्दा बढि समयदेखि ग्राहकहरुलाई आफ्नो मनी ट्रान्सफर लगायतका अन्य सेवाबाट सन्तुष्टि प्रदान गर्दै युएइमा सबैभन्दा बढि रुचाइएको यस कम्पनीले हाल युएइका अधिकांस स्थानमा रहेका ३३ वटा शाखाबाट सेवाग्राहीलाई आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ५० लाख भन्दा बढी प्रयोगकर्ताहरु र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना एक लाख १२ हजार भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका डेढ लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS