Connect IPS
IME Life

आज तिहारको अन्तिम दिन भाइटिका, उत्तम साइत विहान ११ः३७ बजे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यमपञ्चकको अन्तिम दिन अर्थात कात्तिक शुक्ल द्धितीय तिथिको दिन सप्तरंगी टिकाको साथ मनाइदैछ । यो पर्व मुख्यत दिदीले भाईलाई र बहिनीले दाइलाई र भाईले दिदीलाई दाईले बहिनीलाई निधारमा सप्तरंगी टिका लगाएर पूजाआजा गरि मनाइन्छ । तसर्थ आजको दिनलाई भाईतिहार अर्थात किजा पूजाको दिन भनिन्छ ।

यो दिन दिदीबहिनीले दाजुभाईका लागि विशेष खानेकुराको व्यवस्था गरेको हुन्छ । पूजाआजा सकेपछि दाजुभाईलाई तिनै मिष्ठान्न भोजन गराइन्छ । साथै दाजुभाईले दिदीबहिनीलाई दान दक्षिणा र उपहार दिने चलन पनि रहेको छ । यसरी दिर्घायुको कामना गरि लगाइने भाईटिकाले दाजुभाई दिदीबहिनीबीचको मायालाई थप प्रगाढ बनाउने गर्दछ ।

Prabhu
Crest

धार्मिक विश्वास अनुसार परापूर्वकालमा बहिनी यमुनाले आजकै दिन आफ्नो दाजु यमराजलाई विशेष मानसम्मानका साथ पूजा आज गरेको भन्ने गरिन्छ । यमपञ्चकको पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छ भन्ने विश्वास रहेको छ । यी पाँच दिन इन्द्रादि दशा दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथन पनि रहेको छ ।

भाइटिकाको दिन यसरीे पूजाआजा गर्दा दाजुभाईले दिर्घ जीवन बाँच्छन् भन्ने मान्यता रहेको छ । यो दिन दियो बालेर कलश र गणेशको पूजा गर्ने, बिमिरो, ओखर, तेल, कहिल्यै नओइलाउने मखमलीको माला, दूबोको टिका, कटुस इत्यादि राखेर पूजा गरिन्छ । पूजा गरेपछि सातवटा रंगको टिका निधारमा लगाइन्छ । यसरी दिदीबहिनीले पूजाआजा गर्दा दाजुभाई कालको मुखबाट जोगिएर आउने, आरोग्य र दिर्घ जीवन बाँच्ने विश्वास पनि रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS