Connect IPS
IME Life

विशेष पूजाआजा सहित कुकुर तिहार मनाइदै, लक्ष्मी पूजा पनि आजै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यसपञ्चकको दोस्रो दिन कृष्ण चतुर्थीलाई विशेष दिनको रुपमा लिइन्छ । आज कुकुरको विशेष पूजा गरी मनाइने हुँदा आजको दिनलाई कुकुर तिहार भनिन्छ । । यस दिन यमराजको पहरेदारको रुपमा लिइने कुकुरलाई पूजा गरि माला लगाइदिने र विभिन्न खानेकुरा दिएर कुकुर तिहार मनाउने प्रचलन रहेको छ ।

घरमा कुकुर पालेकाले घरकै कुकुरलाई माला लगाई अन्य दिनमा भन्दा मिठो मिठो खानेकुरा दिएर कुकुर तिहार मनााउँछन् । घरमा कुकुर नभएकाले भने सडकमा भएका कुकुरलाई घरमा ल्याई अथवा बाहिरै राखेर माला र पूजाआजा गरि खानेकुरा दिने गरिन्छ । यस दिन कुकुरलाई खाना नदिई खाना खाने मानिसले यसराजबाट दण्ड सजाय पाउँछ भन्ने जनविश्वास पनि रहिआएको छ ।
हिन्दुधर्म अनुसार कुकुरलाई आज्ञापालक र बफादार जनावरको रुपमा चिनिन्छ । मानिससँग छुट्टै सम्बन्ध रहने कुकुरलाई सुरक्षाकर्मीको रुपमा वर्णन गरिन्छ । यसका साथै यसलाई यसराजको दूतको रुपमा पनि वर्णन गरिएको छ । यसर्थमा पनि वर्षमा एकदिन यमपञ्चकको दिन कृष्ण चतुर्थीमा विशेष पूजाआजा गरिन्छ ।

Prabhu
Crest

यसैगरी ऋगवेदमा देव कुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारिहरुसँग वार्ता गरेको प्रसंग उल्लेख गरेको पाइन्छ । महाभारतमा भने पाण्डवहरु स्वर्ग जाँदा युधिष्ठिरले आफ्नो कुकुरलाई पनि सँगै लिएर स्वर्ग गएको प्रसंग उल्लेख छ । यसरी धार्मिक ग्रन्थहरुमा समेत कुकुर देवता निकट रहेको प्रसंगहरु पाइन्छ । यसकारण पनि हिन्दु धर्मअनुसार कुकरलाई वर्षमा एकदिन विशेष पूजा गर्ने चलन रहेको छ ।
आज कार्तिक कृष्ण अमावस्यको दिनलाई लक्ष्मी देवीको पूजा आराधना गर्ने दिनको रुपमा चिनिन्छ । घरभरि दियो बालेर लक्ष्मीको पूजा गरिने यस रातलाई सुखरात्रि पनि भनिन्छ ।

लक्ष्मी पूजा आफैमा विशेष छ । धनकी देवी लक्ष्मीलाई प्रशन्न बनाउँदा घरमा धनको कमी नहुने विश्वास रहेको छ । आजको रात घरमा भएको गरगहना, धातुजन्य हरेक चिजवस्तुलाई लक्ष्मी स्थापना गरेको ठाउँमा राखेर पूजाआजा गरिन्छ ।

आजको दिन विशेष रुपमा घरको सरसफाई गरिन्छ । घरको भण्डार कोठा वा अन्य उपयुक्त स्थानमा लक्ष्मीको स्थापना गरिन्छ । लक्ष्मीको फोटो अथवा मुर्ति राखेर पूजाआराधना गर्ने ठाउँ बनाइन्छ । घरको आँगनदेखि गाईको गोबरले लिपपोत गर्दै पूजा गर्ने ठाउँसम्म पुर्याइन्छ । हिन्दुधर्म अनुसार गाईको गोबरलाई शुद्ध मानिने भएकोले घर लिलपोत र घर चोख्याउँदा गाईको गोबर प्रयोग गरिन्छ । यसमा वैज्ञानिक कारण समेत रहेको छ । गाईले विभिन्न थरिको जडीबसटीजन्य घाँस खानेहुँदा गाईको गोबरमा ब्याक्टेरिया नष्ट गर्ने शक्ति हुन्छ ।

घरबाहिरबाट विभिन्न संक्रामक ब्याक्टेरिया मानव शरिरमा टाँसिएर आएको हुन्छ । गाईको गोबरमा भएको ब्याक्टेरियाले उक्त संक्रामक ब्याक्टेरिया नष्ट गर्ने वैज्ञानिक कारण रहेको छ र तसर्थ घरमा लक्ष्मी पूजा गर्दा विशेष गरि गाईको गोबरले पोत्ने गरिन्छ ।

यसरी घर पोतेपछि घरको आँगनदेखि प्रत्येक झ्याल ढोकामा दियो बत्ति बाल्ने गरिन्छ । घरभरी झिलिमिलि हुनेगरि दियो बालेर लक्ष्मीको पूजाआजा गरिन्छ । तेल हालेर दियो बत्ति बाल्दा घर वरपर भएको ब्याक्टेरिया नष्ट हुने भएकोले दियो बाल्नुको फाइदा रहेको छ ।
लक्ष्मी पूजा गरेसँगै भैलो खेल्ने क्रम सुरु हुन्छ । यो रात समुह बनाएर भैलो खेल्ने चलन रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS