IME Life New

शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्तरको विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा व्यवस्थापन संकायका कलेजका ५२ जना स्नातक तहका बिद्यार्थीहरुले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन–१ मा भाग लिएका थिए ।

जसमा विद्यार्थीहरुले ““SWOT Analysis of Shine Resunga Development Bank Limited”” बिषयमा निर्णायकहरुको उपस्थितीमा आ–आफ्नो प्रस्तुति राखेका थिए । अनलाइन मार्केटिङ सेवाहरूमा केन्द्रित रहेको स्टार्ट(अप कम्पनी इलभ One Square Consult गतिले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनलाई भिजुअल पार्टनरकोरूप सहयोग गरेको थियो।

Esewa
Crest

द एसआर होटल, ड्राइभरटोल रुपन्देहीमा एक औपचारिक कार्यक्रम आयोजना गरी सहभागी क्याम्पसका क्याम्पस प्रमुखहरु, कार्यक्रम संयोजकहरु र बिद्यार्थीहरुबिच प्रतियोगिताको बिजेता घोषणा गरिएको थियो ।

सहभागीहरु मध्ये क्षितिज इन्टरनेशनल कलेजका तर्फबाट बीबीए–बीआईका विद्यार्थीहरू क्रमशः प्रमिश राई बान्तवा, प्रियंका अर्याल, सुमित प्रसाद काशौधन र प्रशंसा अधिकारीको टोली सिजन–१ बिजेता घोषणा भएका थिए । त्यसैगरी, लुम्बिनी बाणिज्य क्याम्पसका तर्फबाट बीबीएका विद्यार्थी क्रमशः गणेश सुवेदी, कृति न्यौपाने, रक्षा श्रेष्ठ र सन्तोष न्यौपानेको टोली फस्ट रनरअप भएका थिए भने कपिलवस्तु बहुमुखी क्याम्पसका तर्फबाट बीबीएसका विद्यार्थीहरु क्रमशः सन्तोष कुमार विश्वकर्मा, ओमकार मिश्र, गुडिया अग्रहरी र निशा गुप्ताको टोली सेकेन्ड रनर अप घोषित भएका थिए ।बिजेता टिमका सदस्यहरुलाई नगद १५ हजार, ट्रफी, स्वर्ण पदक, प्रशंसा पत्र र आकर्षक उपहार, सेकेन्ड रनर अप टिमका सदस्यहरुलाई नगद १० हजार, ट्रफी, रजत पदक, प्रशंसा पत्र र आकर्षक उपहार त्यसैगरी तेस्रो टिमका सदस्यहरुलाई नगद पाँच हजार, ट्रफी, कांस्य पदक, प्रशंसा पत्र र आकर्षक उपहार सहित क्रमशः पुरस्कृत गरिएको थियो ।

शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनमा एक्सिस कलेज, एम्स कलेज, बुटवल मोडल कलेज, बुटवल कालिका क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ इन्टरनेशनल कलेज, लुम्बिनी बाणिज्य क्याम्पस, क्रिमसन कलेज अफ टेक्नोलोजी, साई ग्लोबल कलेज, क्षितिज इन्टरनेशनल कलेज र कपिलवस्तु बहुमुखी क्याम्पस सहित ११ वटा कलेजहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लोक राज पनेरुले यस प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरुलाई कर्पोरेट संसार परिचीत गराउनु र विद्यार्थीहरूलाई भविष्यको रोजगारी र उद्यमशीलता अवसरहरूको लागि तयार पार्नु रहेको बताए ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यस विकास बैंकले ग्रामिण बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै वित्तीय पहुँचमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS