IME Life New

एनआइसी एशिया बैंकको नयाँ काइदा: तीन महिनामा ऋण नवीकरण गर्दै रकम असुल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । एनआइसी एशिया बैंकले बैंकिङ कर्जाको नियमबारे बेखबर ऋणीलाई छानीछानी त्रैमासिक अवधिमै कर्जा नविकरण गर्दै सेवा शुल्क असुल्न थालेको छ ।

बैंकको प्रधान कार्यालयले सकेसम्म त्रैमासिक अवधिमै ओभरड्राफ्ट कर्जा सम्झौता नविकरण गरेर सेवा शुल्क असुल्न निर्देशन दिएपछि बैंकको शाखा कार्यालयमा कार्यरत रिलेशनशिप म्यानेजरले छानी छानी ऋणी ग्राहकलाई बोलाउँदै कर्जा नविकरण गर्नुपर्यो भन्दै अवैधरुपमा सेवा शुल्क असुलेको हो ।

Esewa
Crest

पीडित ऋणीहरुले त्रैमासिक अवधिमै कर्जा सम्झौता नविकरणका लागी दबाब दिनेमा एनआइसी एशिया बैंक सबैभन्दा सकृय रहेको गुनासो गरेका छन् । हामीले अन्य बैंकबाट पनि कर्जा लिएका छौं,एकजना व्यापारीले भने, तर एनआइसी एशिया बैंकले जस्तो कहिले के कहिले के भनेर रकम असुल्ने काम अन्य बैंकले गर्दैन ।

एनआइसी एशियाको डिल्ली बजार शाखामा अर्का एक ऋणीले नाम नखुलाउन अनुरोध गर्दै सुनाए,मेरो कर्जाको अवधि बाँकी नै हुँदा बैंकबाट बोलावट आयो, बैंक पुग्दा कर्जा नविकरण गर्नुपर्नेछ साइन गर्नुहोस् भनेर कर्जा विभागका कर्मचारीले अनुरोध गरे । मैले आक्रोशित हुँदै कर्जा अवधि बाँकी नै रहेकाले हस्ताक्षर नगर्ने भने पछि उनीहरु हच्किए र भने, एक पटक दाई(बैंक म्यानेजर)सँग कुरा गर्नुपर्छ । तर म सरासर बैंकबाट निस्किए । अहिले केही भनेका छैनन् ।

बैंकको यस हर्कत बिरुद्द राष्ट्र बैंक समक्ष सयौं उजुरी परेको स्रोतले बताएको छ।

सोझासाझा ग्राहकलाई ठगी गर्ने एनआइसि एशिया बैंक विरुद्ध पीडित ग्राहकले नेपाल राष्ट्र बैंकमा जुनसुकै बेला पनि उजुरी दिन सक्छन् । नेपाल राष्ट्र बैंकको वेभसाइटमा https://gunaso.nrb.org.np/complainमा बैंकविरुद्ध सरलरुपमा उजुरी वा गुनासो गर्न सकिने सुविधा उपलब्ध छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS