IME Life New

एनआईबिएल एसको तिहार अफर, आधा तोला सुनको सिक्का जित्ने मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल एस म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले हरेक बर्ष झै यस बर्षको धनतेरसको पावन उपलक्ष्यमा धनतेरस अफर अन्तर्गत लगानीकर्ताहरुहलाई आफ्नो समृद्धिका लागी सोहि दिन पारी लगानी गर्न सक्ने अवसर जुराएको छ ।

लगानीको लागि शुभ दिन मानिने धनतेरस यस बर्ष मिति २०७९ कार्तिक ५ गते शनिवार को दिन परेको र सो अवसरमा धितोपत्र बजारमा लगानी गर्न चाहने लगानीकर्ताहरुले लगानीका लागी अन्य कुनै विकल्प नहुँदा एनआईबिएल सहभागिता फण्डमा लगानी गरी लाभ प्राप्त गर्न सकिने गरी सोहि दिन बिहान ११ बजे देखि अपरान्ह ०५ बजे सम्मका लागी बिशेष कारोबार सत्र संचालन हुने गरी एनआईबिएल एस क्यापिटलले व्यवस्था मिलाएको छ ।

Esewa
Crest

साथै, सो अफर अन्तर्गत रु. १० हजार वा सो भन्दा बढि बराबरका एनआईबिएल सहभागिता फण्डको इकाई खरिद गर्नुहुने लगानीकर्ताहरुका लागी सुन र चाँदी को सिक्का उपहार स्वरुप प्रदान गरिनेछ । यस अफर अन्तर्गत ३० हजार वा सो भन्दा बढि बराबर लगानी गर्ने १ भाग्यशाली लगानीकर्तालाई आधा तोला सुनको सिक्का र ५ भाग्यशाली लगानीकर्ताहरुलाई २ तोलाको चाँदीको सिक्का उपहार स्वरुप प्रदान गरिनेछ भने रु. १० हजार देखि रु. ३० हजार सम्मको लगानी गर्ने ५ भाग्यशाली लगानीकर्ताहरुलाई समेत २ तोला चाँदीको सिक्का उपहार स्वरुप प्रदान गरिनेछ । भाग्यशाली विजेताहरुको चयन फेसबुक लाईभ गरी गोलाप्रथा मार्फत गरीनेछ ।

धनतरेसको दिन पारी एनआईबिएल सहभागिता फण्डमा लगानी गर्न ईच्छुक लगानीकर्ताहरुले सोहि दिन एनआईबिएल एस क्यापिटल लि.का सम्पूर्ण शाखा कार्यालयहरु तथा यस फण्डको अनलाईन प्रणाली https://mutualfund.niblcapital.com/ मार्फत योजनाको इकाई खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS