IME Life New

एनसेलले डाक्यो कार्तिक २५ गते साधारण सभा, के-के छन् प्रस्ताव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तेस्रो वार्षिक साधारणसभा कार्तिक २५ गते गर्ने भएको छ । उक्त सभा लैनचौर स्थित आफ्नै कर्पोरेट कार्यालयमा गर्ने जनाएको छ ।

कम्पनीले सभामा कम्पनीको ऋण सम्बन्धि विशेष प्रस्तावमाथि छलफल गर्ने भएको छ । त्यस्तै साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफारनोक्सान हिसाब तथा नगद प्रवाह लगायत वित्तीय विवरण पारित गर्नेछ ।

Esewa
Crest

कम्पनीको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७९ को लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव सभामा पेश हुने छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS