Connect IPS
IME Life

व्यापार सुध्रिएपछि डाबर नेपालले एकवर्षमै कमायाे रु. १.२३ अर्ब नाफा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ं । घरेलु बजारमा बिक्री बढेपछि भारतीय बहुर्राष्ट्रिय कम्पनी डाबर नेपालकाे नाफा करिब ८३ प्रतिशतकाे उल्लेखनीय वृद्धि भएकाे छ । डाबर इण्डियाले प्रकाशन गरेकाे आर्थिक वर्ष २०२१- २२ ‍(१५ चैत्र २०७७  देखि १७ चैत्र २०७८ सम्म) काे वार्षिक प्रतिवेदन अनुसार डाबर नेपालले एक वर्षकाे अवधिमा भारु ७७ कराेड(१ अर्ब २३ कराेड २० लाख रुपैयाँ )भन्दा बढी नाफा कमाएकाे छ ।

वीरग‌ंज पथलैया राजमार्ग खण्डकाे पर्सा र बाराकाे सीमाना परवानीपुरमा अवस्थित डाबर नेपालले आर्थिक वर्ष २०२०-२१ ‍(चैत्र २०७६  देखि चैत्र २०७७ सम्म) भारु ४२ कराेड ५३ लाख (६८ कराेड ४  लाख रुपैयाँ ) खुद नाफा आर्जन गरेकाे थियाे । नेपालबाट प्रात भएकाे गत आवकाे नाफा रकम माउ कम्पनी डाबर इण्डियाकाे त्यस वर्षकाे कूल नाफा रकमकाे ४‍.३५ प्रतिशत हिस्सा ‌‌ओगटेकाे छ । डाबर नेपालमा ९७.५ प्रतिशत भारतीय कम्पनीकाे पूँजी लगानी रहेकाे छ ।

Prabhu
Crest

डाबर नेपालले जडिबुटी तथा जुस भारतीय बजारमा समेत निकासी गर्दै आएकाे छ । डाबरका लागी दक्षिण एशियाली मुलुक नेपाल श्रील‌ंका ब‌ंगलादेश र म्यान्मार मध्ये नेपाल सबैभन्दा नाफामूलक बजार हाे । नेपाली बजारमा डाबर नेपालले जुस, चकलेट, पाचक, साैन्दर्य सामाग्री लगायतकाे उत्पादन र बिक्री वितरण गर्छ । यसबाहेक ठाउँ ठाउँमा जडिबुटी खेती समेत गरिरहेकाे छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS