Connect IPS
IME Life

जोरपाटीको आरुबारीमा साथीमार्टको ११५औं आउटलेट सञ्चालन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको ११५औं आउटलेट जोरपाटीको आरुबारी चोकमा सञ्चालनमा आएको छ । रुपेश थिङले सञ्चालनमा ल्याएको उक्त आउटलेट ७ सय ५० स्वायरफिट क्षेत्रफलमा फैलिएको छ ।

आउटलेट खोल्नुको मुख्य उद्देश्य ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने रहेको रुपेश बताउँछन् । ‘राष्ट्रिय स्तरको रिटेल चेनसँग जोडिएर लोकल लेभलमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नै यो आउटलेट सञ्चालनमा ल्याएका हौं ’ उनी भन्छन् ‘रिटेल चेनको क्षेत्रमा साथीमार्टसँग हातेमालो गर्दै यस क्षेत्रलाई अझ व्यवस्थित र विकास गर्ने योजना छ ।’

Prabhu
Crest

यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

टिमको निरन्तर सहयोग र बिना झन्झट व्यवसाय गर्न सकिने भएका कारण पनि साथीमार्ट प्रति लगानीकर्ताहरूको आकर्षण बढेको साथीमार्टले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS