Connect IPS
IME Life

बीमालेख धितोकर्जाको व्याजदर २०% ले बढ्यो, बीमाबाट ऋण लिएर बैंकमा राख्न थाले पछि १२ प्रतिशत पुर्याइयो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुले बीमा लेखधितो कर्जाको व्याजदर २० प्रतिशत विन्दुले बढाएका छन् । बीमितले बीमा कम्पनीबाट सस्तो व्याजदरमा बीमालेख धितोकर्जा लिएर बैंकमा जम्मा गर्न थाले पछि कम्पनीहरुले व्याजदर बढाएका हुन् । बाणिज्य बैंकहरुले नै मुद्दती निक्षेपमा १४/१५ प्रतिशत व्याज दिन थाले पछि बैंकहरुले पनि प्रचलित व्याजदरलाई समायोजन गर्न बढाएका हुन् ।

जीवन बीमक संघले निर्णय नै गरेर व्याजदर बढाएको बुझिएको छ । संघले यस भन्दा अगाडी बीमालेख धितो कर्जाको व्याजदर १० प्रतिशत तोकेका थियो । पछिल्लो निर्णय पछि व्याजदरको सिमा १२ प्रतिशत पुर्याएका छन् ।

Prabhu
Crest

बीमालेख धितो कर्जाबाट आर्जन हुने व्याज आम्दानी बीमितकै कोषमा जम्मा गर्नु पर्ने व्यवस्था छ । यस्तो व्याज आम्दानीलाई बीमा कम्पनीहरुले मुनाफा प्रयोजनका लागि गणना गर्न पाउदैनन् । यसले गर्दा व्याजदर बढ्दा ऋणीहरुलाई भार परे पनि बीमितहरुका लागि भने लाभप्रद नै मानिन्छ ।

हाल बीमा कम्पनीहरुले बीमितहरुलाई ६० अर्ब भन्दा माथि बीमालेख धितोकर्जा प्रवाह गरेका छन् । कम्पनीहरुले यस्तो कर्जा प्रवाह गरेर ६ अर्ब भन्दा माथि आर्जन गर्दै आएका छन् । व्याजदर बढे सँगै कम्पनीहरुको यस्तो आर्जन पनि बढ्नेछ ।

प्राइम लाइफले कार्तिक एक गतेदेखि अर्थात आजैदेखि लागु हुने गरी बीमालेख धितोकर्जाको व्याजदर १२ प्रतिशत कायम गरिसकेको छ । अन्य कम्पनीहरु पनि १२ प्रतिशत पुर्याउने तयारीमा छन् । जीवन बीमक संघकै भद्र सहमति भएकाले अधिकाम्स बीमा कम्पनीहरुले यसलाई कार्यान्वयन गर्ने देखिन्छ । बीमालेख धितो कर्जा पछिल्लो निर्देशन अनुसार बीमालेख गरिद गरेको तीन वर्षपछि प्राप्त गर्न सकिन्छ । कर्जा रकम कम्पनीको सरेण्डर भ्यालुका आधारमा गणना हुन्छ । सरेण्डर भ्यालु हरेक कम्पनीको आ-आफ्नै हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

30%

खुसी

57%

दु :खी

0%

अचम्मित

4%

उत्साहित

9%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS