Connect IPS
IME Life

नेपाल लाइफले आफ्नै भवनमा केन्द्रिय कार्यालय राख्ने, काठमाडौंमा घर जग्गा खरिद गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफले आफ्नै भवनमा केन्द्रिय कार्यालय सञ्चालन गर्ने भएको छ । कम्पनीले काठमाडौं उपत्यका भित्र २ रोपनी भन्दा माथिको क्षेत्रफलमा निर्माण भएको भवन वा जग्गा खरिद प्रकृयाँ अगाडी बढाएको छ ।  नेपाल लाइफ अहिलेसम्म भाडाको घरमा बस्दै आएको छ ।

नेपाल लाइफले लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरवारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल, महाराजगंज, भाटभटेनी क्षेत्रमा घरजग्गा खोजिरहेको छ ।

Prabhu
Crest

यस क्षेत्रका जग्गाधनी व्यक्ति तथा संस्थालाई कम्पनीले घर जग्गा बिक्री गर्न इच्छुक भएमा प्रस्ताव पेश गर्न आह्वान गरेको छ । इच्छुक घर जग्गाधनीले २१ दिन भित्रमा कम्पनीको प्रधान कार्यालय क्लासिक कम्प्लेक्स कमलादीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रस्तावित घरजग्गा करिब ८ मिटरको सडक सँग जोडिएको हुनु पर्नेछ । बिक्री गरिने घरजग्गाको प्रति रोपनी मूल्य स्पष्ट खुल्ने गरी अंक र अक्षरमा उल्लेख गर्नुपर्नेछ । सो सम्बन्धमा कुनै विवाद उठेमा अक्षरमा लिएको मूल्यलाई कायम गरिने कम्पनीले जनाएको छ ।

उक्त घरजग्गाको कित्ता नं. स्ष्ट देखिने ब्लुप्रिन्ट नक्सा अनिवार्य रुपमा समावेश गरिएको हुनुपर्नेछ । घरजग्गाको स्थान खुल्ने नक्का र सो नक्सामा जग्गाको सिमाना चिन्ह लगाइ नक्सा पेश गर्नुपर्नेछ । उक्त जग्गामा घर निर्माण भएको भए घरको नक्सा तथा घर निर्माण सम्पन्न प्रमाणपत्र पेश गर्नुपर्नेछ । घर निर्माणाधिन अवस्थामा रहेको भए सम्बन्धित निकायबाट प्रदान गरिएको भवन निर्माण इजाजतपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।

प्रस्तावित घरजग्गाको प्रमाणित रुपमा जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षको तिरो तिरेको रसिदको प्रतिलिपि संलग्न हुनुपर्नेछ । जग्गाधनी दर्ता प्रमाणपत्रमा उल्लेखित जग्गाको क्षेत्रफल र फिल्डमा नाँपजाँच गर्दा यकिन भएको क्षेत्रफल मध्ये जुन कम हुन्छ सोहि क्षेत्रफल कायम गर्नेछ ।

संस्थागत घरजग्गाको हकमा जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि र अख्तियारी प्राप्त व्यक्तिको पहिचान तथा अख्तियारीनामा कागजात समेत पेश गर्नुपर्नेछ । प्रस्ताव पेश गर्दा खाममा ‘नेपाल लाइफका लागि घरजग्गा बिक्री प्रस्ताव’ उल्लेख गरी म्याद भित्र तल दिएको ठेगानामा दर्ता गर्नुपर्नेछ ।

उल्लेखित घरजग्गाको सम्बन्धमा कुनै प्रकारको विवाद, मुद्दा मामिला नरहेको हुनुपर्नेछ र सो को स्वःघोषणा पेश गर्नुपर्नेछ । उल्लेखित घरजग्गाका कुनै पनि प्रकारले बैंक तथा वित्तीय संस्था वा अन्य निकायमा धितो जमानतको रुपमा रही रोक्का रहेको भए सो को सम्पुर्ण विवरण समेत पेश गर्नुपर्नेछ । प्रस्तावित घरजग्गा खरिदको प्रकृयाँ अगाडी बढाउने/नबढाउने खरिद गर्ने/नगर्ने सम्पुर्ण अधिकार कम्पनीमा निहित हुने कम्पनीले जनाएको छ ।

नेपाल लाईफले लगानीका रुपमा विभिन्न स्थानमा घरजग्गा खरिद गरिरहेको छ । यस पटक भने कम्पनीले केन्द्रिय कार्यालय प्रयोजनका लागि घरजग्गा खरिद गर्न थालेको हो । नेपालमा घरजग्गामा गरिएको लगानी सुरक्षित मानिन्छ । त्यसैले पनि बीमा कम्पनीहरुको आकर्षण घरजग्गामा रहदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%

खुसी

10%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS