IME Life New

सिटिजन लाइफले पाचौँ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने, यस्ता छन् योजनाहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आउने कार्तिक २ गते आफ्नो स्थापनाकालको पाचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैेछ । यस अवसरमा कम्पनी सप्ताहव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै भव्य रुपमा मनाउने योजना रहेको बताएको छ ।

कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्वनिर्वाह गर्ने क्रममा स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिव, असहायतथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएको छ । यसै कार्यक्रमलाई निरन्तरता दिँदै कम्पनीले यस अवर्ष पनि पनि २०७९ साल ,असोज ३१ गते देखी कार्तिक ६ गते सम्म सप्ताह व्यापी कार्यक्रम गरी यस्तै प्रकारका गतिविधीहरुलाई निरन्तरता दिइने जनाएको छ ।

Esewa
Crest

यतिमात्र नभएर जन समुदायमा जीवन बीमाप्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक -याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको जनाएको छ ।

यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राखिने पनि कम्पनीले जनाएको छ । त्यसैगरी विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सर–सफाइ,निःशुल्क स्वास्थ्य सिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रम लगायतका योजनाहरु रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका नियमित गरिने काम बाहेक कम्पनीको बिशेष दिन सम्पुर्ण कर्मचारि, अभिकर्ता साथीहरुको साथमा आफ्नो घर–छिमेक, समाजप्रतीको उत्तरदायित्वबोध गरी केहि योगदान गर्न पाउँदा विषेश सन्तुष्टी प्राप्तहुने साथै सधैँको भन्दा भिन्न वातावरणले आपसी सहकायर स्फूर्ति पनि बढाउने कम्पनीको विश्वास छ ।

कम्पनीको प्रगतीसँगसँगै कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने रसमाजप्रतिको जिम्मेवारी पुरा गर्न सधैँ तयार रहने प्रतिवद्धता रहेको कम्पनीले जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

74%
happy

खुसी

3%
sad

दु :खी

6%
amazed

अचम्मित

9%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS