Connect IPS
IME Life

प्याराग्लाइडिङका क्रममा दुर्घटना हुँदा राष्ट्रिय खेलकुद प्रतियाेगितामा सहभागी एक खेलाडीकाे  निधन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । पाेखरामा जारी नवाै‌ं राष्ट्रिय खेलकुद प्रतियाेगितामा प्याराग्लाइडिङ उडानका क्रममा दुर्घटना हुँदा त्रिभूवन आर्मी क्लबका एकजना खेलाडीकाे  निधन भएकाे छ । आइतबार सरा‌ंगकाेटबाट उडान भरेपछि प्याराग्लाइडिङकाे पर्दा राम्ररी नखुल्दा करिब ५० मिटर उचाइँबाट भुइँमै बजारिएका २५ वर्षिय निसिम थापाकाे निधन भएकाे हाे ।

प्रतियाेगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा अफिसियलका लागी राष्ट्रिय खेलकुद परिषदले दुर्घटना बीमावपात राष्ट्रिय बीमा कम्पनीसँग प्रति व्यक्ति १० लाख रूपैयाँ क्षतिपूर्ती दिने गरी बीमा सम्झाैता गरेकाे छ । नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको बीमा गरिएकाे छ ।

Prabhu
Crest

बीमा सम्झाैतामा ६ हजार खेलाडी र ३ हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियलगायत कूल ९ हजारकाे बीमा गरिएकाे छ । गण्डकी प्रदेशमा असोज २८ देखि शुरू भएकाे नवौं राष्ट्रिय खेलकुद प्रतियाेगिता कात्तिक ३ गतेसम्म संचालन हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS