काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडलाई इक्रा नेपालले इक्राएनपी आईआर त्रिपल बि माइनस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने निकायहरू समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् ।
यस्ता निकायहरूमा मध्यम क्रेडिट जोखिम रहेको इक्रा नेपालले जानकारी गराएको छ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र हो ।