IME Life New

नेपाल ल्यूब आयलको एजिएम आज, ३०% लाभांश पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा आज हुँदैछ । उक्त सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा आज बिहान ११ः३० बजे साधारण सभा शुरु हुने कम्पनीले जनाएको छ ।

साधारण सभामा २५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश गरी ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । यस्तै, साधारण सभामा आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन पारित गर्न प्रस्ताव पेस गरिनेछ ।

Esewa
Crest

त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेस गरिने कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा असोज १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS