काठमाडौं । नेपाल स्टक एक्सचेन्जले रु रु जलविद्युत् कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बुधवार कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
नेप्सेले कम्पनीको पछिल्लो कारोबार दिन बुधवार अन्तिम शेयर मूल्य ८२७ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । समायोजन पछिको मूल्य नेप्सले प्रतिकित्ता ७५१ रुपैयाँ ८२ पैसा तोकेको छ । बिहीवार यही मूल्यका आधारमा कम्पनीको शेयर कारोबार हुनेछ ।
कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि असोज २७ गते बुक क्लोज गरेसँगै बुधवार शेयर मूल्य संमायोजन भएको हो ।कम्पनीले आव २०७८र७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश ९कर प्रयोजनको लागि० वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ४ गते साधारण सभा बोलाएको छ ।