काठमाडौं । नेप्से परिसूचक ११ दशमलव ३६ अंकले बढेर १,८६६ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा दोहोरो अंकको बृद्धि हुँदा फाइनान्स र विकास बैंकको शेयरमा लगानीकर्ता आकर्षित भएका छन् ।
आज ६९ करोड १७ लाख ३७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको २ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज रिडी पावर कम्पनीको २ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया लघुवित्तको १ करोड ८९ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्स कम्पनीको १ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।