काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नागरिक लगानी कोषको ३० प्रतिशतले हुन आउने ९८ लाख १० हजार कित्ता बोनश शेयर सुचिकृत भएको छ । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
नागरिक लगानी कोषले आर्थिक बर्ष २०७७/७८ मा आफ्ना शेयरधनीहरुलाई ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो। सोहि बोनश शेयर सुचिकृत भएको हो ।