काठमाडौं आज बुधबार सुनको भाउ बढेको छ । हिजो मंगलबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।