IME Life New

भदौ महिनामा जीवन बीमा कम्पनीहरुले आर्जन गरे ८ अर्ब ३७ करोड नविकरण बीमा शुल्क, यस्तो छ तथ्याङक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को भदौ महिनामा जीवन बीमा कम्पनीहरुले ८ अर्ब ३७ करोड ३० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङक अनुसार प्रथम बीमा शुल्क आर्जनभन्दा नविकरण बीमा शुल्क आर्जन धेरै माथि देखिएको छ । भदौ महिनामा जीवन बीमा कम्पनीहरुले २ अर्ब ६० करोड १५ लाख रुपैयाँ मात्र प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने ८ अर्ब ३७ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । यस हिसावमा जीवन बीमा व्यवसाय नविकरण बीमा शुल्कको भरमा रहेको छ ।

यस अवधिसम्ममा सबैभन्दा धेरै नविकरण बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ३८ करोड ६९ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले १ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले १ अर्ब ९ करोड १० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।
करोडमा नविकरण बीमा शुलक आर्जन गर्ने कम्पनीहरु
एक महिनामा यूनियन लाइफले ४६ करोड ८३ लाख, एशियन लाइफले ३६ करोड ४५ लाख, मेट लाइफले ३३ करोड ८१ लाख, सिटिजन लाइफले ३० करोड ८७ लाख,राष्ट्रिय बीमा संस्थानले २८ करोड ८५ लाख, सूर्या लाइफले २६ करोड ६९ लाख, प्राइम लाइफले २४ करोड ५८ लाख, आइएमई लाइफले १८ करोड २६ लाख, ज्योति लाइफले १७ करोड २४ लाख, रिलायन्स लाइफले १६ करोड ७७ लाख, गुराँस लाइफले १६ करोड १५ लाख, रिलायबल नेपाल लाइफले १५ करोड ७४ लाख, सन नेपाल लाइफले १२ करोड ३९ लाख, प्रभु लाइफले ११ करोड ९५ लाख, सानिमा लाइफले ११ करोड ५ लाख र महालक्ष्मी लाइफले ७ करोड १ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS