काठमाडौं । आज नेप्से परिसूचक १६ दशमलव ०६ अंकले घटेर १,८५५ दशमलव १६ को विन्दुमा कायम भएको छ । ५५ करोड २८ लाख ९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ३ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर कम्पनीको २ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोडमाथिको शेयर कारोबार भएको छ ।